तीस वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन
२०८२ बैशाख १४ आइतबार
- अति उब्जाउ हुने छतिउनेको खेत सुकाजोर खोलामा आएको बाढीले बगायो, छतिउने खोल्सामा आएको बाढी पु¥यो । खेत त बगायो तर खोला पनि सुक्यो । सुकाजोर खोलामा मूल नफुटेको वर्षौँ भयो । त्यसैले सुकाजोर खालाका अधिकांश खेत बाँझै छन् । खोला किनारका खेतहरू बगरमा परिणत भएका छन् ।
रामेछाप : मन्थली नगरपालिका–५ सुनारपानीको छतिउने स्थिति सुकाजोर खोलाको जग्गा ३० वर्षदेखि बाँझै थियो ।
अति उब्जाउ हुने छतिउनेको खेत सुकाजोर खोलामा आएको बाढीले बगायो, छतिउने खोल्सामा आएको बाढी पु¥यो । खेत त बगायो तर खोला पनि सुक्यो । सुकाजोर खोलामा मूल नफुटेको वर्षौँ भयो । त्यसैले सुकाजोर खालाका अधिकांश खेत बाँझै छन् । खोला किनारका खेतहरू बगरमा परिणत भएका छन् ।
न पानी न प्रशस्त माटो भएको जग्गा । राम्रै जमिन त बाँझो बस्न लागेको बेला बगरमा कसले खेती लगाउनु । छतिउनेको फाँट ३० वर्षसम्म बाँझै बस्यो ।
जग्गा बाझो छाड्नु हुँदैन, केही न केही गर्नुपर्छ भन्ने हुटहुटी सुनरपानीका स्थानीयलाई जाग्यो । त्यही हुटहुटीले एकीकृत कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापन केन्द्र नामको कृषि फाम दर्ता भयो र सुरु भयो सामूहिक कृषि फार्म ।
हेर्दा हेर्दै मरुभूमि जस्तै बनेको बाँझो जग्गा दुई वर्षमा नै मरुद्यान जस्तै बन्यो । अहिले छतिउने रहरलाग्दो बनेको छ । छतिउनेको बगरमा बाख्राका पाठा उफ्रिँदै छन् । कुखुराको क्वारक्वार कुरकुर सुनिन्छ । रहरलाग्दो तरकारी खेती छ ।
छतिउने भन्दा माथि पाखामा पनि सामूहिक रूपमा नै फलफूल खेती हुँदैछ । कागती, एभोकार्डो, ड्राइगन फ्रुटका बिरुवा हुर्कँदै छन् । दुवै ठाउँमा गरी झण्डै २ सय रोपनी जग्गामा सामूहिक खेती भइरहेको छ ।
छतिउनेको फार्ममा अहिले गोलभेँडा, लसुन, प्याज, बन्दा, काउली, ब्रो काउली, खरबुजा, च्याउ, मेवा लगायतका तरकारी र फलफूल छन् । सिँचाइको लागि पानी तानिएको छ ।
फार्ममा उन्नत जातका बाख्रा र पाठा पाठी हुर्कँदै छन् । अहिले फार्ममा ८५ वटा बाख्रा रहेका फार्मको व्यवस्थापन गरिरहेका कृष्णबहादुर कार्कीले बताए । त्यस्तै अण्डा दिने १२ सय बढी लेस कुखुरा छन् । थप १५ सय चल्ला हुर्कँदै छन् । बोइलर कुखुरा पनि एक लटमा १ हजार वटा हाल्ने गरिएको छ ।
कुखुरा र बाख्रा फार्ममा नै भएकाले त्यसैबाट तरकारी खेती फस्टाएको छ । तरकारी, कुखुरा र अण्डाले नियमित आम्दानी दिन लागेका छन् । अहिले फार्ममा ७ जना मानिसले रोजगारी पाइरहेका छन् । फार्म सञ्चालनमा सामूहिक लगानीका अलावा स्थानीयदेखि केन्द्र सरकारसम्मको पनि लगानी छ ।
देशमा अवसर छैन, गाउँमा केही हुँदैन, विदेश नै जानु पर्छ भन्नेलाई यो फार्मले गाउँमा पनि अवसर छ, बाँझो जग्गालाई गुलजार बनाउन सकिन्छ, दश नङ्ग्रा खियाउने हो भने यहीँ केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।